Header Ads Widget

Responsive Advertisement

चिनियाँ पाहुना नेपाल आउने डेट

 काठमाण्डौँ । चिनियाँ विदेशमन्त्री नेपाल टेक्ने मिति बाहिरिएपछि यसबारे विभिन्न खाले टिकाटिप्पणी भइरहेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति तय भएपछि उनको भ्रमणबारे अनेक किसिमका विश्लेषणहरु भइरहेका हुन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११ गते नेपाल भ्रमण गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री वाङको भ्रमणका बारेमा जानकारी दिएको छ ।

भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताको कार्यक्रम तय भएको छ ।

Post a Comment

0 Comments