
काठमाडौं । काठमाडौं महानगरपालिकाका लागि एमालेका मेयरका उम्मेदवार केशव स्थापितले फेरि आपत्तिजनक अभिव्यक्ति दिएका छन्।धुम्बाराहीस्थित नेसनल कलेजले विहिवार आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा भावना राउत नामकी विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टु’ आरोपको बारेमा प्रश्न गरेकी थिईन।

जवाफ दिने क्रममा मेयर उम्मेदवार स्थापित अराजक रुपमा प्रस्तुत भएका थिए । उनी वसिरहेको कुर्सीबाट उठेर प्रश्नकर्तामाथि नै जंगिए। ‘मलाई आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ। यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन’– उनले भने।
रिसले चुर भएका स्थापितले ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ’ भन्दै जवाफ दिए । स्थापितले आरोप लागाउने महिलालाई भ्रष्टाचार गरेकाले निकालिएको जवाफ दिए। त्यसपछि राउतले ‘तपाईंमाथि आरोप लागिसकेपछि कि त खण्डन गरेर निर्दोष रहेको प्रमाणित गर्नुपर्यो नभए मेयर जस्तो पदमा बस्ने नैतिकता तपाईंलाई हुन्छ?’ भनेर सोधेकी थिइन्।
0 Comments